Sunday, September 18, 2011

एन्टिबायोटिक

गि्रक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो । अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ । जीवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियल साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ । सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पेनिसिलिन निकालेका हुन् । फ्लेमिङ फ्लोरी र चेनले उक्त उपलब्धिका लागि संयुक्त रूपमा सन् १९४५ मा नोबेल पुरस्कार पाएका थिए । हिजोआज विभिन्न किसिमका एन्टिबायोटिक बजारमा उपलब्ध छन् । धेरै चिकित्सकले चलाउने एमोक्सिलिन सन् १९९८ मा मात्र उपलब्ध भएको हो ।